- +977-9822532004
- info@tribhubanmavi.edu.np
- Sun - Fri : 09.00-05.00
Bhakta Bahadur Malla
Principal Tribhuvan Secondary School
Dear Parents, Guardians, and Students,
It is with great pleasure and pride that I extend a warm welcome to all of you to Tribhuvan Secondary School.
Since our establishment in 2009 B.S., our school has been committed to providing quality education and fostering holistic development in our students. With the active participation of educationists and concerned parents, we embarked on a journey to create a nurturing learning environment that encourages academic excellence and personal growth.
Over the years, we have expanded our educational offerings to meet the evolving needs of our students. From initiating primary level education in 2009 B.S. to offering higher secondary education in various streams, including Humanities, Management, and Education studies, we have continuously strived to provide diverse opportunities for our students to excel.
As we embark on this new academic year, I encourage all prospective students to review our admission guidelines carefully. Whether you aspire to pursue a career in Education, Humanities, Management, our dedicated faculty and staff are here to support you every step of the way.
I am confident that with our collective efforts and unwavering dedication, we will continue to uphold the legacy of academic excellence and produce future leaders who will make a positive impact on society.
Thank you for considering Tribhuvan Secondary School for your educational journey. We look forward to welcoming you into our vibrant school community.
मानव सभ्यतामा भएको दु्रत परिर्वतन र परिवर्तन भएका तिब्र आवश्यकताहरुलाई पुरा गर्ने उदेश्यले शिक्षाको स्वरुपमा भएको परिर्वतनको फलस्वरुप शिक्षा प्रदान गर्ने थलाृेको रुपमा औपचारिक विद्यालको स्थापना भएको हो । विद्यालय क्षेत्रको व्यवस्थापकिय अवधारणको विकासक्रमलाई नियाल्दा व्यवस्थापनकै एक अभिन्न अंगको रुपमा रहेको छ । अन्य व्यवस्थापन जस्तै शिक्षण सिकाई क्रियाकलापसँग सम्बन्धीत व्यक्ति संस्था र प्रकृयाको प्रभावकारी व्यवस्थापन गर्ने सिकाई उदेश्यले विद्यालय व्इवस्थापनको थालनि भएको हो । सिकाई उदेश्य परिपूर्ति गर्न प्रयोग गरिने शैक्षिक सामाग्रीको निर्माण, लेखन, प्रकासन, वितरण र शिक्षण विधिको बनोट तथा मूलाङ्कन जस्ता पक्षहरुलाई चुस्त दुरुस्त राखी समग्र शैक्षिक उपलब्धि सुधार गर्ने योजनालाई सहयोग गर्नका निम्ति विद्यालय व्यवस्थापनको आवश्यकता महत्वपूर्ण मानिन्छ । यसका साथै शैक्षिक श्रोतको छनौट, निर्माण, प्राप्ती र वितरणको उचित व्यवस्थापन, आर्थिक मानवीय वित्तिय, भौतिक साधन श्रोतको व्यवस्थापन, विभिन्न शैक्षिक योजनाहरुको निर्माणमा सहयोग, सामुदायिक संस्थाको रुपमा विद्ययालको सञ्चालन सरोकारवालासँग समन्वय अभिप्रेरित तथा निर्देशन शैक्षिक लक्ष्य र उदेश्य प्राप्तीका लागि सामुहिक र संगठित क्रियाकलापको सञ्चालनार्थ पनि विद्यालय व्यवस्थापनको आवश्यकताको महसुश गर्ने गर्दछ । यसरी विद्यालय व्यवस्थापनमा संस्थागत उदेश्य प्राप्तीको लागि आफना सहकर्मीबाट सहयोग, सहभागिता, मध्यस्ता संलग्नता प्राप्त गर्नका लागि समेत विद्यालय व्यवस्थापनको आवश्यकता पर्ने गर्दछ । यसका साथै शिक्षा क्षेत्रमा आएका नयाँ नयाँ खोज अनुसंधान बैज्ञानिक प्रविधि र विकास आदि जस्ता पक्षहरुको सहि पहिचान र प्रयोगका निम्त िसमेत विद्यालय व्यवस्थापनले सहयोग गर्दछ ।
वि.व्य.स. अध्यक्ष
श्री त्रिभुवन माध्यमिक विद्यालय, भेरी नगरपालिका ३ जाजरकोट ।
२००७ सालको राजनीतिक परिवर्तन सँगै देशमा आएको शैक्षिक जागरणबाट यो जिल्ला पनि अछुतो रहन सकेन । राणाकालमा जिल्लामा एकमात्र भाषा पाठशाला रहेकोमा २००५ सालमा जिल्ला भर ए वटा प्रा.वि र एक मिडिल स्कुल खुलेको पाइन्छ । अशिक्षा, गरिवी र अन्धविश्वास भित्र रुमलिएको जाजरकोट जिल्लाको शैक्षिक विकासका लागी तत्कालका सक्रिय समाजसेवी ज्यूहरु ईश्वरीवहादुर शाह, भक्तबहादुर कार्की, योगेश्वर कार्कीहरुको सक्रियता र योगदानलाई उच्च स्थानमा राख्नु आवश्यक छ । समाजसेवी ईश्वरीबहादुर शाहको संयोजकत्वमा एक प्रतिनिधि मण्डल काठमाडौ गई तत्कालीन शिक्षा विभागका डाइरेक्टर जनरल समक्ष जिल्लाको आवश्यकता अनुरुप विद्यालयको माग गरी २००५ फाल्गुन १५ गते जिल्ला भरका लागि ४ वटा प्रा.वि र एक मिडिल स्कुलको स्वीकृत प्राप्त गरेपछि २०१० वैशाख १४ गते देखी तत्कालिन जाजरकोटी राजा श्री स्वयमप्रकाश विक्रम शाहको दरवारमा (श्रीहाल जिल्ला समन्वय समिकिो कार्यालय रहेको भवन) श्री त्रिभुवन हिमालय मिडिल स्कुलका नाममा यविद्यालय संञ्चालन गरियो ।
तत्कालीन जाजरकोट जिल्ला पञ्चायतका प्रथम सभापति श्री तप्तबहादुर कार्की लगाएतका जिल्लाका सालमा जाजरकोटी जनताको प्रत्येक घरबाट प्रतिष्ठित शिक्षाप्रेमी व्यक्तिहरुको प्रयासमा २०२२ रु.८ । – (आठ) का दरले जम्मा रु ४0000 चालीस हजार चन्दा संकलन गरी २०२३ वैशाख २१ गते माध्यमिक तहको स्वीकृती प्राप्त गरी मा. वि. तहको पठन पाठन संचालन भएपछि २०३१ सालसम्म यस विद्यालयको नाम श्री त्रिभुवन हिमालय हाइस्कूल रहन गयो । यस विद्यालयको भौतिक विकासका निम्ति तत्कालिन जाजरकोटी राजा स्वयमप्रकास विक्रम शाहबाट आफ्नो दरवार नै विद्यालयलाई प्रदान गर्नुभयो भने समाजसेवी शंकरप्रसाद शर्मा, रु ६०००। छ हजार कृष्णवहादुर शाह, जग्गा भएको स्थान तोक्ने गणेशवहादुर शाह आदिले विद्यालयलाई आर्थिक तथा जग्गा प्रदान गरी ठूलो योगदान दिएको पाइन्छ । यसै गरी तत्कालीन जिल्ला पंचायत विकास अधिकारी सन्तवहादुर राईले पनि विद्यालयको चौतर्फी विकासमा महत्वपूर्ण योगदान पुर्याउनु भएको पाइन्छ ।
२०३१ सालसम्म हाल जिल्ला समन्वय समितिको कायालय रहेको जाजरकोटी राजाको दरबारमा संञ्चालित यो विद्यालय २०३२ सालमा यस जिल्लामा राष्ट्रिय शिक्षा पद्धतिको योजना लागु भएपछि हाल सम्म विद्यालय अवस्थित थाप्ले चौरमा श्री त्रिभुवन व्यावसायिक माध्यमिक विद्यालयका रुपमा सारिएको हो । २०४२ सालदेखि पुनः साधारण विद्यालयका रुपमा संचालित यस विद्यालयमा जिल्लाको शैक्षिक आवश्यकतालाई महशुस गरी २०५२ साल श्रावण १ गते देखि शिक्षा समूह तर्फको शैक्षिक सत्र २०६२ देखि तत्कालीन उच्च उच्च माध्यमिक तह (१०+२) संचालन भै रहेकोमा माध्यमिक शिक्षा परिषदबाट वाणिज्य तथा मानविकी समुहको समेत पठन पाठन संचालनको अनुमती प्राप्त गरे देखि यस विद्यालयमा वाणिज्य र मानवकी संकायको पठन पान समेत सुरु गरिएको छ । यसै गरी २०६८ साल देखि यस विद्यालयमा उच्च माध्यमिक तहमा विज्ञानशिक्षा विषयको समेत पठनपाठन सुरु गर्नाले विशेष गरी विपन्न विद्यार्थीहरुलाई ठूलो सहयोग पुगेको छ ।
विद्यार्थीहरुको चाप अनुरुप पर्याप्त भवन, विज्ञान प्रयोगशाला, र व्यवस्थित कम्पाउन्डवाल शिक्षक दरबन्दी अपुग रहेको छ । तत्कालीन जिल्ला विकास समिति, जिल्लगााउँ विकारका तलकालका ३० गाउ विकास समितिहरु एकिकृत तथा आन्तरीक सुरक्षा कोष, जिल्ला शिक्षा कार्यालयबाट यस विद्यालयको भौतिक निर्माणका लागि प्राप्त सहययोगमा १० दश कोठे २ दुई वटा भवन निर्माण गरिएकोछ साथै उल्लेखित निकायहरुको सहयोगत्मक भावना उल्लेखनीय रहेको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालय जाजरकोटले निर्माण गरिदिएको श्रोतकेन्द्र भवन र नोराड
प्रोजेक्टको सहयोगमा २०…. निर्माण गरिएको २० कोठाको वटा छात्राबास भवन यसै विद्यालय हाता भित्र छ । यसरी विद्यालयको स्थापना कालदेखिनै यहाँका समाजसेवी, बुद्धिजीवि राजनीतिज्ञ, नागरिक समाज, अभिभावक, स्थानीय निकाय एवं सर्वसाधारण जनताबाट प्राप्त सहयोगले विद्यालयको चौतर्फी विकासमा महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । शैक्षिक बर्ष २०७६ देखि यस विद्यालयलाई नेपाल सरकार शिक्षा मन्त्रालयबाट नम
२. भौगोलिक अवस्था :
जाजरकोट जिल्लाको तत्कालीन खलंगा गाउँविकास समिति वडा नं २ हाल भेरी नगरपालिका ३ तल्लो थाप्लेमा अवस्थित यो विद्यालयको पूर्वमा भेरी नगरपालिका वडानं १ कालेगाँउ पश्चिममा पुन्मा, दक्षिणमा जगतिपुर र उत्तरमा डाँडागाँउ तथा ढिमे गाविस पर्दछन् । जिल्ला सदरमुका समेत रहेको खलंगा समुन्द्र सतहबाट १२२५ मिटर उचाईमा अवस्थित छ । समशितोष्ण हावापानी पाईने खलंगाको पूर्वी भेगको फेदीबाट भेरी नदी बगिरहेको छ । उत्तरमा कोठखोला, दारखोला र रिसाड खोला पर्दछन् । चारैतिरबाट बनले ढाकेको विद्यालय नजिकै जाजरकोट जिल्ला अस्पताल, जिल्ला वन कार्यालय, भेरी ज्ञानोदय क्याम्पस र भेरी नगरपालिका कार्यालय रहेका छन् ।
To be a leading educational institution that shapes future leaders through innovative teaching and a commitment to excellence.
To create a learning space where every student is encouraged to think critically, act with integrity, and pursue lifelong learning.
Tribhuvan Secondary School, established in 1950, has a proud history of nurturing education and shaping futures.
A high-achieving multicultural community where diverse backgrounds unite, fostering a rich learning environment that encourages academic excellence, cultural exchange, and personal growth for every student.